श्रीमती विद्यादेवी भण्डारी

श्रीमती विद्यादेवी भण्डारीको  जन्म वि.सं. २०१८ साल असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको मानेभञ्ज्याङ गाउँमा भएको थियो । आमा मिथिला पाण्डे र बुबा स्व.रामबहादुर पाण्डेका पाँच छोराछोरीमा उहाँ जेष्ठ सन्तान हुनुहुन्छ । गाउँको एउटा सामान्य किसान परिवारमा जन्मेर सङ्घर्षका अनेकौं आरोह-अवरोहहरू पार गर्दै राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारीमा पुग्‍न सफल उहाँको जीवन सबैका लागि प्रेरणादायी र उर्जापूर्ण छ ।

उहाँले विद्यालय शिक्षा आफ्नै गाउँको बेहेरेश्‍वर प्राथमिक विद्यालय, पञ्‍चकन्या मिडिल स्कूल, भूल्के र विद्योदय व्यावसायिक माध्यमिक विद्यालय, भोजपुरमा हासिल गर्नुभयो । यसैगरी उच्च शिक्षा क्रमशः भोजपुर क्याम्पस, भोजपुर र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा आर्जन गर्नुभयो । भोजपुर क्याम्पसमा अध्ययनरत रहँदाको समय उहाँको जीवनयात्राका महत्वपूर्ण मोडका रूपमा स्थापित भए ।  उहाँले नेपाली समाजको दयनीय अवस्थाका मूलभूत कारणहरूलाई बुझ्ने अवसर पाउनुभयो र लोकतन्त्रबिना मुलुकको अग्रगति संभव छैन भन्ने निष्कर्षमा पुग्नुभयो । वामपन्थी-लोकतान्त्रिक गतिविधिहरूमा सहभागी हुने क्रममा उहाँको राजनीतिक दृष्टिकोण उन्नत बन्न पुग्यो । आम विद्यार्थीहरूका हकहितका विषयहरूका अतिरिक्त उहाँ निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था विरोधी लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागी हुनुभयो । यससँगै उहाँको जीवनको कठिन र जोखिमपूर्ण राजनीतिक यात्राको आरम्भ भयो । त्यस क्रममा उहाँले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पू...

Bidya Devi Bhandari

“नेतृत्वमा रहेका महिलाहरूले पेशा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरूका साथै महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा समेत पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनु पर्दछ ।”

विद्यादेवी भण्डारी

जीवनक्रम

सम्मान तथा पुरस्कारहरू

"कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्छ।"

नडेज्दा क्रुप्सकाया

सम्बोधन

भर्खरका सम्बोधन

सन्देश